Get free shipping – Free 30 day money back guarantee

CSR

नेपाल आफैंमा कृषि प्रधान देश भएर पनि ८० प्रतिशत दैनिक उपभोग्य वस्तु विदेशबाट विशेष गरी भारतबाट आयात गरिन्छ, नेपालको खुल्ला सिमानाको फाइदा उठाउँदै अधिकांश उपभोग्य वस्तु गैरकानुनी रूपमा भित्रिने हुँदा व्यापारीले फाइदाको लागि खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गरी नेपालीको जनस्वास्थ्यमा खेलवाड गरिरहेका छन्। अधिकाँश ठूला व्यापारीहरु भारतीय वा भारतीय मूलका छन् र उनीहरूले व्यापारिक मूल्य मान्यतालाई ख्याल नगरी खाद्यवस्तु मा मिसावट गरेका छन्। चामलमा अखाद्य फोम लाई चामलको आकारमा उत्पादन गरी मिसावट गर्ने, होटल तथा कलकारखाना बाट प्रयोग पछि फ्याल्न राखेका फ्याट युक्त चिल्लो पदार्थ जम्मा गरेर विभिन्न ब्रान्डका तेल उत्पादन गर्ने गरेका, भारतमा ५ वर्ष अगाडी नै मिति गुज्रिएका अखाद्य पदार्थ ल्याएर रीप्याकिङ गरेर बेचेको जस्ता खवरहरु आइरहन्छन्। सरकारले कारबाही गरोस् भने गुणस्तर प्रमाणपत्र उनीहरु सँगै हुन्छ किन कि नेपालमा शक्ति र पैसाको भरमा ज्यूँदो मानिसलाई मरेको प्रमाणपत्र बनाएर समेत लाभ लिएका घटना छन्। विशेषत: हाम्रो संस्थाको उद्येश्य भनेको नेपालको हावापानीमा उत्पादित वस्तुलाई व्यवसायिक व्यवस्थापन गरी सामाजिक योगदानको साथै व्यवसायिक मुनाफा पनि होस् भन्ने हो।

       हाम्रो संस्था व्यवसायिक मुनाफा मात्र होइन, सामाजिक उत्तरदायित्व बहन गर्दै देशका विभिन्न भागमा खाद्य उपयोगिता र औषधीय गुण भएका साथानिय उत्पादनलाई बजारीकरण गर्न संस्थामा हामी सबै नेपाली दाजुभाई दिदीबहिनी मिलेर सानो सानो लगानी गर्ने र ठूलो व्यवसायिक संस्था बनाई नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको हुँदा  हामी सबै देश विदेशमा रहनुहुने नेपालीलाई यो संस्थाका उत्पादनको उपभोक्ता बन्न र आफूले सक्ने लगानी गरेर संस्थाको अपनत्व लिन पनि आह्वान गर्दछौं। तपाईंले खरिद वा लगानी गरेको हरेक रकमको विवरण प्रणालीले नै गर्नेछ जुन तपाईं विश्वको कुनै ठाउँमा बसेर हेर्न सक्नु हुनेछ।